२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीको लागि युके र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ईलाम चुलाचुलि घर भई काठमाडौँ बस्ने ३५ बर्षीय ख्याम खड्का र मोरङ ग्रामथान घर भई काठमाडौँ बस्ने २३ बर्षका ईश्वर पोखरेल रहेका छन् ।

खड्काले दुई पिडितलाई युके पठाईदिन्छु भन्दै छत्तिस लाख ठगी गरेको पाईएको छ भने पोखरेलले क्यानडा पठाईदिन्छु भन्दै एक जनाबाट दश लाख एकाउन्न हजार ठगी गरेको खुलेको छ ।

पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गरेको पाईएपछि उनीहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयहरुमा पठाईएको काठमाडौँ अपराध अनुसन्धान कार्यलयले जनाएको छ ।




भर्खरै