२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-१९ विश्वकप एसिया छनोटः नेपालले ओमानलाई सजिलै हरायो



अ+ अ-

काठमाडौं । घरेलु मैदानमा भएको यू-१९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपाल ओमानविरुद्ध ८ विकेटले विजयी भएको छ ।

ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमै दुई विकेट गुमाएर सजिलै पुरा गर्यो । प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

नेपालको जितमा निरज यादव र साहिल पटेलले ८५ रनको साझेदारी गरे । निरजले २९ बलमा ४५ रन बनाए भने साहिलले २५ बलमा ३१ रन जोडे । कप्तान नरेन भट्ट १२ रन र सन्तोष यादव १० रनमा अविजित रहे ।

यसअघि टस जितेर बलिङ रोजेको नेपालले ओमानलाई ११७ रनमै अलआउट गरेको थियो ।ओमानका लागि जित ब्रजेस साहले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाउदा अन्य ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् ।

नेपालका बलर युवराज खत्री एक्लैले ५ विकेट लिएका थिए । यस्तै, सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १/१ विकेट लिए ।

नेपालले अब तेस्रो खेलमा बुधबार हङकङसँग खेल्ने छ ।