२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा सिद्धार्थ हस्पिटालिटीको सेवा विस्तार



अ+ अ-

चितवन। सिद्धार्थ हस्पिटालिटीले नारायणगढमा सेवा विस्तार गरेको छ । होटल सेन्ट्रल पामलाई ‘सिद्धार्थ होटेल चितवन’ नामबाट आजदेखि सञ्चालनमा ल्याइएको हो ।

सिद्धार्थ विजनेस ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले ‘प्रिमियम प्रपर्टी’मा अब प्रिमियम सेवा उपलब्ध गराउने उद्देश्यले होटल सञ्चालनमा ल्याइएको बताउनुभयो । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “सिद्धार्थको चेन हस्पिटालिटी विस्तार र सुलभ मूल्यमा गुणस्तरीय सेवा दिने उद्देश्यले यो होटल व्यवस्थापनको जिम्मेवारी लिइएको हो । प्रकृतिमा रमाउने र प्रिमियम सेवा लिन चाहनेका लागि यो उपयुक्त गन्तव्य हो ।

करिब दुई बिघा जमिनमा फैलिएको होटलमा स्वीट, सुपर डिलक्स र डिलक्स गरी ४४ वटा कोठा तथा माया डाइनिङ रेस्टुरेण्ट सञ्चालनमा छ । बजार नजिक तर शान्त वातावरणमा समय बिताउन चाहनेका लागि भरपर्दो होटल हुने न्यौपानेको विश्वास छ ।

होटलमा स्वीमिङ पुलका साथै थिएटर सेटअपमा चार सय जना अट्ने क्षमताको सभाहल, करिब ५० जना अट्ने बैठक कक्ष छ । कम्पनीले हाल भएको पूर्वाधारमा थप लगानी गरी सुविधा विस्तारको योजना बनाएको त्यस अवसरमा जानकारी दिइयो । सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्णप्रसाद न्यौपानेले आगामी दिनमा लगानी वृद्धि तथा होटलको स्तरोन्नति गरिने बताउनुभयो । “होटलमा हाल ४४ वटा कोठा छन्, आगामी दिनमा ६० वटा बनाउने योजना छ । अब तीन वटा सम्मेलन हलका साथै स्वीमिङ पुलको स्तरोन्नति गरिनेछ”, उहाँले भन्नुभयो ।

सिद्धार्थ ग्रुपको सिद्धार्थ हस्पिटालिटीअन्तर्गत हाल विभिन्न ब्राण्डमा ३० भन्दा बढी कम्पनी सञ्चालनमा छन् । कम्पनीका अनुसार पाँच तारेस्तरमा सिद्धार्थ भिलासा, चार तारेस्तरमा सिद्धार्थ वैभव, तीन तारेस्तरका सिद्धार्थ बाटिकाअन्तर्गत विभिन्न होटल सञ्चालनमा छन् । त्यसबाहेक विभिन्न स्थानमा सिद्धार्थ कटेज, रेष्टुरेण्ट, रिसोर्ट तथा एस क्याफे सञ्चालन भइरहेका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।  रासस