२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते



अ+ अ-

पाल्पा। पाल्पामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु र एक जना घाइते भएका छन् ।  जिल्लाको तानसेन नगरपालिका–६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको आज मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

बगनासकाली गाउँपालिका–१ रायडाँडास्थित सिद्धार्थ राजमार्ग सडकखण्डमा घोरबन्दादेखि बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक दर्लामी गम्भीर घाइते भएकामा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार उहाँका १८ वर्षीय छोरा मन्दिप दर्लामी घाइते हुनुभएको छ । उहाँको मिसन अस्पतालमै उपचार भइरहेको छ । रासस