२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनवाटिकामा आन्तरिक पर्यटकको घुइँचो



अ+ अ-

रुपन्दहेही। यहाँको तिलोत्तमा–२ स्थित शङ्करनगर वनबिहार तथा अनुसन्धान केन्द्र वनवाटिकामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लागेको छ ।

नयाँ वर्ष २०८२ को दिन वनवाटिकामा दर्शकको घुइँचो बढेको हो । नेपालका एक सय पर्यटकीय गन्तव्यमध्येमा परेको यस वनवाटिकामा पछिल्लो समय थपिँदै गएका पर्यटकीय संरचनाका कारण पर्यटकको आकर्षण बढेको छ । यहाँ गत चैतबाट ‘द थ्रिल एडभेन्चरको स्काई साइक्लिङ’, ‘जीपलाइन’, ‘जाइन्ट स्वीङ’, बाल उद्यान, ‘फाउण्टेन’, शान्त मनोरम दृश्य, प्राकृतिक हरियाली, ‘पिकनिक स्पट’का साथमा खुला क्षेत्र भएकाले वाटिकाको आकर्षण बढेको वाटिकाका अध्यक्ष खिमलाल पाण्डेले बताउनुभयो । नयाँ वर्षको दिन यहाँ १९ हजार बढी आन्तरिक पर्यटक आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

आज ३० भन्दा बढी पिकनिक स्टल बुकिङ भएका थिए । वाटिकामा रु ५० टिकट शुल्क तोकिएको छ । १० वर्षमुनिका बालबालिका र ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाका लागि निःशुल्क गरिएको वाटिकाका कोषाध्यक्ष मनिराम भट्टराईले बताउनुभयो । रासस