२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नेपालमा लगानी गर्न अध्यक्ष ढकालको आग्रह



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर प्रचार गरेजस्तो नभएर नेपालमा लगानीका प्रसस्त सम्भावना र वातावरण रहेको दोहोर्याउनुभएको छ ।

कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो “नेपालमा सम्भावना नै छैन भन्ने र नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बसेर विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरुलाई भन्न चाहन्छु । यदि साच्चिकै विदेशमा गरेजस्तै मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन् ।”

उहाँले आफू बागुलङबाट आएर अहिले मुलुककै निजी क्षेत्रको छाता संगठनको नेतृत्वमा पुगेको आफ्नै उदाहरण दिँदै मिहिनेत, लगनशिलता र इमान्दारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना छन् र सफल पनि भइन्छ भन्ने उदाहरण आफू पनि हुनसक्ने बताउनुभयो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आग्रह समेत गर्नुभयो ।

यस कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीहरुको छरिएर रहेको पुँजी संकलन गरी जलविद्युत, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रहरुमा लगानी गर्न गइरहेको जानकारी गराउँदै ढकालले त्यसमा सहभागिताका लागि कतारमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरु तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभयो “मलाई लाग्छ गैरआवासीय नेपाली साथीहरुमा नेपालमा लगानी गर्दा साझेदार छनौटमा समस्या पनि भएको हुनसक्छ । म आग्रह गर्दछु कि यस कम्पनीमा नेपालका उद्यमी व्यवसायी र एनआरएनएका साथीहरु पनि हुनुहुन्छ । यहाँहरुले ढुक्क भएर लगानी गर्दा राम्रो हुनेछ ।”

सामाजिक उत्तरदायित्व कोषमा १५ लाख प्रदान

यसैबीच अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न अक्षकोष स्थापना गरेकोमा विशेष धन्यवाद व्यक्त गर्दै उहाँले पनि त्यस कोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

सो कार्यक्रममा बागलुङबासी समेत भएकाले अध्यक्ष ढकाललाई सम्मान प्रदान गरिएको थियो । अधिवेशनमा कलाकार सिम्रन परियारलगायत विभिन्न कलाकारहरुको सांगितिक प्रस्तुती समेत रहेको थियो ।