२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकरात्मक सोच र सत्मार्गमा लायन्स



फाइल फोटो
अ+ अ-

काठमाडौँ। पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानिसमा सकरात्मक सोच उत्पन्न गराउन र समाजलाई सत्मार्गमा डोर्‍याउन लायन्सजस्ता सामाजिक सङ्घसंस्थाको अतुलनीय भूमिका रहेको बताउनुभएको छ ।

सामाजिक सेवाका क्षेत्रमा क्रियाशील लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ जेको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा उहाँले समाज विकास र सत्कर्मको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँका अनुसार लायन्सले नेपालसहित विभिन्न मुलुकमा आँखा उपचार, रगत सङ्कलन र मधुमेह नियन्त्रणका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

लायन्सका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानले आँखा उपचार, रगत सङ्कलनलगायत सामाजिक क्षेत्रका लागि संस्थामार्फत नेपालमा वार्षिक रूपमा ३० लाख  अमेरिकी डलरभन्दा बढी दातृ निकायबाट सहयोग रकम प्राप्त हुँदै आएको जानकारी दिनुभयो । उहाँले संस्थाका कार्यक्रमलाई नयाँपन दिँदै गरिब तथा पछि पारिएका समुदाय जीवनस्तर सुर्धार्ने किसिमका कार्यक्रमलाई थप प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

नायक राजेश हमालले लायन्सजस्ता सामाजिक सङ्घसंस्थाका कार्यक्रमले समाज र राष्ट्रलाई सन्तुलित तुल्याउन योगदान दिएकाले अरुले यसबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहाँले यस्ता संस्थाले लक्षित वर्ग र समुदायमा सशक्त ढङ्गबाट प्रभावकारी कार्यक्रम पुर्‍याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

हमालका अनुसार लायन्सले एकअर्काप्रति समझदारीको भावना जागृत तुल्याउने, सुयोग्य नागरिक र असल शासनको सिद्धान्तलाई प्रोत्साहन गर्ने, सबै सामाजिक सेवामा संलग्न क्बललाई मित्रता, भाइचारा र आपसी विश्वको सूचमा आबद्ध गर्ने, समुदायमा सेवा प्रदान गर्न प्रेरित गर्नेलगायत काम गर्दै आएको छ ।

लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ जेका गर्भनर मिलन थापाले आफ्नो संस्थाले सामाजप्रतिको जिम्मेवारी र उत्तरदायित्वलाई पूरा गर्ने अभियानमा सक्दो योगदान गरिरहेको बताउनुभयो । उहाँले महिला सशक्तिकरणका लागि विभिन्न तालिम, प्रशिक्षण, गोष्ठि, पुरस्कारलगायत अभियानले संस्थाको परिचयलाई अझ प्रष्ट र प्रभावकारी बनाएको धारणा राख्नुभयो ।

लायन्सले गोरखा, बागलुङ, नुवाकोट र बागमती क्षेत्रमा विभिन्न विपद्का घटनापछि २५ हजार डलर बराबरको राहत सहयोग उपलब्ध गराएको थापाले जानकारी दिनुभयो ।

प्रत्येक वर्ष जुलाई १ तारिखदेखि लायन्सको नयाँ नेतृत्वले कार्यभार सम्हाल्ने गर्दछ । लायन्स क्लब अन्तरराष्ट्रिय डिस्ट्रिक ३२५ जेका आगामी गर्भनर मिलनबाबु मल्लले संस्थाको काठमाडाैँ उपत्यका, गण्डकी र धौलागिरि क्षेत्रका १४ जिल्ला कार्यक्षेत्र रहेको जानकारी दिनुभयो । उहाँका अनुसार संस्थामा हाल करिब तीन हजार ३०० सदस्य रहेका छन् । रासस




भर्खरै