२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षकले आज ९ बजेदेखि नै प्रदर्शन गर्दै



अ+ अ-

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षकहरुले आज बिहान ९ बजेदेखि नै प्रदर्शन गर्ने भएका छन् ।

यसअघि दिउँसो १२ बजेदेखि ३ बजेसम्म माइतीघर, बबरमहल र बिजुलीमा प्रदर्शन गर्दै आएका शिक्षकहरुले आज भने बिहानैदेखि प्रदर्शन गर्न लागेका हुन् । राप्रपाले आज निषेधित क्षेत्र तोड्ने गरी आन्दोलन घोषणा गरेकाले शिक्षकले आफ्नो विरोध कार्यक्रम बिहानका लागि सारेका हुन् । उनीहरुले ९ बजेदेखि १२ बजेसम्म विरोध गर्ने छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सोही क्षेत्रमा प्रदर्शन गर्ने भएपछि महासंघले आफ्नो प्रदर्शनको समय सारेको हो ।

आन्दोलन परिचालन कमिटीका संयोजक एवं महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार, सम्भावित परिस्थितिलाई ख्याल गरेर आन्दोलनको समय सारिएको हो ।

शिक्षकहरूले गत चैत २० गतेबाट माइतीघर–बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । सरकारसँग निरन्तर वार्ता भएपनि विद्यालय शिक्षा ऐन ल्याउने विषयमा सहमति नजुट्दा शिक्षकहरूले आन्दोलन जारी राखेका छन् ।




भर्खरै