२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

परराष्ट्रमन्त्री आरजु राणा देउवा आज बैंकक जाँदै



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज थाइल्यान्डको राजधानी बैंकक जाँदै हुनुहुन्छ ।

यही २१ देखि २५ अप्रिलसम्म हुने संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युनाइटेड नेसन्स् इकोनोमिक एन्ड सोसियल कमिसन फर एसिया एन्ड द प्यासिफिक, युएनस्केप) को ८१औं सत्रमा सहभागी हुन उहाँ बैंकक जान लाग्नुभएको हो ।

‘एशिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग शीर्षक’मा आयोजित सत्रमा सहभागी हुन मन्त्री राणाको नेतृत्वमा परराष्ट्र, राष्ट्रिय योजना आयोग र थाइल्यान्डस्थित नेपाली दूतावासका अधिकारीहरू सहभागी हुन लागेका हुन् ।

नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री राणाले युएनस्केपको ८१औं सत्रको अध्यक्षता गर्ने र नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।