१८ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कोरम नपुग्दा बैठक स्थगित



अ+ अ-

काठमाडौं । गणपुरक संख्या (कोरम) नपुगेपछि प्रतिनिधिसधाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक स्थगित भएको छ । 

परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा विभागको प्रगति विवरण र आगमी कार्ययोजनाका बारेमा छलफल गर्न बोलाइएको बैठक कोरम नपुग्दा स्थगित भएको हो । धेरै सांसदहरु आफ्नो गृहजिल्ला गएको र सहभागि हुने जानकारी गराएका सांसद समेत उपस्थित नहुँदा बैठक स्थगित गर्नुपरेको समिति सभापति पवित्रा निरौला खरेलले बताउनुभयो । 

‘‘धेरै सांसदहरु जिल्ला जानुभएको छ । बैठकमा आउने भनेर जानकारी दिएकाहरुपनि आउनुभएन । धेरै विरामी रहेको बाध्यकारी अवस्थाका कारण बैठकमा कोरम संख्या नपुगेकाले बैठक स्थगित भयो’’, उहाँले भन्नुभयो । केही सांसदहरु भने स्वास्थ्य सुरुक्षाको कारण देखाउँदै बैठकमा उपस्थित नभएको बताइएको छ । 

समिति सभापति खरेलले भने सुरक्षा सतर्कता अपनाएर ठूलो हलमा बैठक सञ्चालन गर्ने तयारी भएपनि सम्भव नभएको बताउनुभयो । कोभिडका कारण सामाजिक दुरी कायम गरेर बैठक सञ्चालन गर्न पर्याप्त ठाउँ नभएको उल्लेख गर्दै उहाँले कोरम पुग्ने गरी समितिकै हलमा बैठक सञ्चालन गर्न सकिने अवस्था नभएपनि सांसदहरु सहभागि नभएको बताउनभुयो । कोरम संख्या नपुगेर आजसम्म बैठक स्थगित नभएपनि पहिलो पटक यस्तो भएको उहाँले बताउनुभयो ।