२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्‍यो: युक्रेन



अ+ अ-

एजेन्सी । मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएपछि रुसले पूर्वी र दक्षिणी युक्रेनमा हवाई आक्रमण पुनः सुरु गरेको युक्रेनका क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् ।

“रुसी सेनाले यस क्षेत्रमा ड्रोन प्रक्षेपण गरेको छ”, ड्निप्रोपेट्रोभस्कका क्षेत्रीय गभर्नर सेर्गी लिसाकले टेलिग्राममा भन्नुभयो ।

उहाँले एक घर क्षतिग्रस्त भएको र खाद्य प्रतिष्ठानमा आगलागी भएको तर कोही घाइते भएको खबर नभएको जानकारी दिनुभयो ।

युक्रेनको दक्षिणी माइकोलाइभ क्षेत्रका गभर्नर भिटाली किमले त्यहाँ पनि रुसी हवाई आक्रमण पुनः सुरु भएको बताउनुभयो ।

“अप्रिल २१ को बिहान स्थानीय समयानुसार लगभग ४ः५७ बजे दुश्मनले मिसाइलले सहरमा आक्रमण गर्‍यो, प्रकार निर्धारण भइरहेको छ । कुनै हताहत वा क्षति भएको छैन”, उहाँले लेख्नुभएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसमाथि इस्टर युद्धविरामको दुई हजारभन्दा बढी उल्लङ्घन गरेको आरोप लगाउनुभयो । यद्यपि उहाँले युक्रेनभरि कुनै हवाई हमलाको चेतावनी नभएको र हवाई आक्रमणमा विरामलाई विस्तार गर्ने प्रस्ताव गरेको बताउनुभयो ।

‘कम्तीमा ३० दिनको अवधिका लागि नागरिक पूर्वाधारमा लामो दूरीको ड्रोन र मिसाइल प्रयोग गरेर कुनै पनि आक्रमण रोक्न’ प्रस्ताव गर्दै उहाँले भन्नुभयो, “आज कुनै हवाई आक्रमण चेतावनी दिइएको छैन ।”