२४ जेष्ठ २०८३, आईतवार
,
Latest
मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुशासन र विकास सरकारको मुख्य प्राथमिकता छः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकास सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ ।

सोमवार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

मुलुकमा सुशासन कायम गर्दै विकास निर्माणको गति बढाउने ध्याउन्नमा सरकार अगाडि बढिरहेको उहाँको दाबी छ । उहाँले पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै यसअघिको सरकारले मुलुकको अर्थतन्त्र खोक्रो बनाएको आरोप लगाउनु भयो । उहाँले देशभर ७ हजार योजना रहेकोमा प्रचण्ड नेतृत्वको सरकारले ११ हजार योजना थपेर १८ हजार पु¥याएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुरा उल्टाउने, पल्टाउनेहरुले धेरै खालका गर्छन् । गर्न दिउँ । हामी देशलाई अगाडि बढाउँछौं । संंक्षिप्तमा भन्दा अहिलेको आवश्यकता प्रमुख कुराहरु हुन् सुशासन र विकास । यी कुराहरु हामी अगाडि बढाएर छोड्छौं । अहिले त्यही ध्याउन्नमा छ सरकार । देशको अर्थतन्त्र साच्चै खोक्रो र रित्तो बनाएको रहेछ । यसभन्दा अगाडि वास्तवमा नबुझिकन कदम चाल्ने वा बुझेर नै देशलाई बर्बाद पार्न खोज्ने के हो म भन्न सक्दिन । यति साह्रै नबुझ्ने त कसरी होला ? तर देशमा ७०० आयोजना थिए । बजेट घोषणाभन्दा अगाडि ११ हजार योजनाहरु थप्दिहाल्छन् । योजना १८ हजार पुयाएर बजेट भद्रगोलसँग बाँडेर अहिले त्यसको पैसा कहाँबाट तिर्ने ?बजेट छैन । ’

यस वर्षभित्र मुलुकको अर्थतन्त्रलाई ट्र्याकमा ल्याइसक्ने उहाँको दाबी छ ।