२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीद्वारा ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदबाट बर्खास्त गरेका छन्। तामाङको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले उनलाई पदमुक्त गरेका हुन्।

सूचना अनुसार, तामाङको पछिल्लो कार्यसम्पादनप्रति सरकारभित्रै असन्तुष्टि देखिएको थियो। विशेषतः ऊर्जा मन्त्रालयसँग सम्बन्धित केही निर्णय र व्यवहारप्रति प्रधानमन्त्री असन्तुष्ट थिए। गृहमन्त्री रमेश लेखकले समेत तामाङलाई राजीनामा दिन सुझाव दिएका थिए, तर तामाङले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री ओलीले उनलाई पदबाट हटाउने निर्णय गरेका हुन्।

सरकारी स्रोतका अनुसार, तामाङले पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएको विषयमा सरकारको नीति र निर्णयको खुलेर आलोचना गरेका थिए। उनको अभिव्यक्तिले सरकारको छविमा असर परेको भन्दै तामाङप्रति उच्चस्तरीय असन्तुष्टि देखिएको थियो।




भर्खरै