३ असार २०८३, बुधबार
,
Latest
उपराष्ट्रपति यादव र रुसी महासंघका राजदूतबीच शिष्टाचार भेट भोलिदेखि चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न थप १६ सय साइट निर्माणको तयारी रास्वपा महाधिवेशनः राजनीतिसँगै पर्यटनको सङ्गम बन्दै चितवन हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन्ः उद्योगमन्त्री काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान रौतहटमा सडक दुर्घटनाबाट हुने मानवीय क्षति घट्यो, चालु आवमा ४८ जनाको मृत्यु चिया निर्यातको समस्या समाधानमा कूटनीतिक प्रयास जारी छः उद्योगमन्त्री गौरीकुमारी काठमाडौँ प्रहरीको ‘स्वीप अपरेसन’, जेठ महिनामा चौध सय बढी पक्राउ मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि ४१ करोड ११ लाख विनियोजन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकलसेल एनिमिया र थालसेमियामा प्रयोग हुने खोप हस्तान्तरण



अ+ अ-

काठमाडौँ । नेपाल सरकारलाई भारतबाट प्राप्त सिकलसेल एनिमिया र थालसेमियाको उपचारमा प्रयोग हुने खोप हस्तान्तरण गरिएको छ । मन्त्रालयमा आज आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई खोप हस्तान्तरण गर्नुभएको हो ।

भारत सरकारले पहिलो चरणमा १७ हजार ३० भाइल खोप प्रदान गरेको हो । इन्फ्लुएञ्जा, सालमोनेला, मेनिनगोकोकोस, हेमोफिलियस इन्फ्लुएञ्जा र स्टे«पटोकोकस गरी पाँच प्रकारका खोप प्रदान गरिएको हो । यी खोपले सिकलसेल एनिमिया र थालसेमिया सङ्क्रमणको जोखिमलाई घटाउन मद्दत गर्छन् ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा कूल जनसङ्ख्याको करिब १२ प्रतिशत मानिसमा यो समस्या छ । विशेषगरी थारु समुदायमा यो रोग देखिएकाले प्राप्त खोपबाट ती समुदाय लाभान्वित हुने उहाँले बताउनुभयो । “हामीले टीकापुर र गेटा अस्पतालमा पनि सिकलसेलको उपचारका लागि तयारी गरेका छौँ । भारतले विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौँ । हाल प्राप्त यस सहयोगले लक्षित समुदाय लाभान्वित हुनेछन् । ”, मन्त्री पौडेलले भन्नुभयो ।

भारतीय राजदूत श्रीवास्तवले अर्को चरणमा करिब चार हप्तामा थप औषधि आउने बताउनुभयोे । उहाँले भन्नुभयो, “अप्ठ्यारो परेका बेला भारतले जहिल्यै सहयोग गर्दै आएको छ । मन्त्रीज्यूको अनुरोधमा यो सहयोग गरेको हौँ । यी औषधि र खोपले थारु समुदायलाई सहयोग हुने अपेक्षा गरेका छौँ । केही समय पहिला दुई सय डायलाइसिस मेसिन सहयोग गरेका थियौँ । क्यान्सरको औषधि पनि सहयोग गर्ने तयारीमा छौँ ।”