२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०७२ सालको महाभूकम्पमा निधन भएकाहरूको सम्झनामा बसन्तपुरमा दीप प्रज्वलन



अ+ अ-

काठमाडौं: २०७२ सालको विनाशकारी महाभूकम्पमा ज्यान गुमाएका हजारौं नेपालीहरूको सम्झनामा आज बसन्तपुर दरबार स्क्वायरमा दीप प्रज्वलन गरिएको छ। स्थानीय बासिन्दा, नागरिक समाज, तथा विभिन्न संघसंस्थाहरूको सहभागितामा आयोजित कार्यक्रममा भूकम्प पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्दै शान्ति दीप बालिएको हो।

कार्यक्रममा सहभागीहरूले मृत आत्माहरूको चिर शान्तिको कामना गर्दै मोमबत्ती बालेका थिए। साथै, उपस्थितहरूद्वारा प्राकृतिक प्रकोपप्रति सजगता र पूर्वतयारीका विषयमा जनचेतना फैलाउनुपर्नेमा जोड दिइयो।२०७२ सालको वैशाख १२ गते नेपालमा गोरखा केन्द्रबिन्दु भएर महाभूकम्प गएको थियो । सात दशमलव छ म्याग्निच्युडको भूकम्पले आठ हजार नौ सय ७९ जनाले ज्यान गुमाएका थिए ।

भूकम्पमा परी २२ हजार ३०९ घाइते भएका थिए । भूकम्पबाट गोरखा, सिन्धुपाल्चोक सहित काठमाडौँ उपत्यका सबैभन्दा बढि प्रभावित भएको थियो । सो विनाशकारी घटनाको स्मृतिमा हरेक वर्ष देशका विभिन्न स्थानहरूमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिँदै आएको छ।




भर्खरै