२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आनन्दीदेवी मृत्यु प्रकरणः छानबिन समितिले बयान लिँदै



अ+ अ-

सिरहा। यहाँको नवराजपुर गाउँपालिका–३ जगतपुरस्थित फूलबरीया मुसहरी टोलकी आनन्दीदेवी सदायको मृत्यु प्रकरणमा प्रहरीको छानबिन समितिले घटनासँग सम्बन्धित पक्षसँग विस्तृत बयान लिन सुरु गरेको छ ।

बिहीबार मृतक आनन्ददेवीको माइती पक्षको बयान लिने काम सकिएको प्रहरीको छानबिन समितिका संयोजक तथा मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

हिजो मात्र हामीले मृतकको आमा र बुबाको बयान लिएका छौँ”, उहाँले भन्नुभयो, “घटनासँग सम्बन्धित मुद्दा फाँटका प्रहरीलगायत अन्य व्यक्तिको बयान लिने काम बाँकी छ । चाँडै सकिन्छ ।” कोइरालाले आगामी दुई हप्ताभित्र घटनाको विस्तृत अनुसन्धान प्रतिवेदन तयार पार्ने जानकारी दिनुभयो ।

गत पुस ९ गते मृतक आनन्ददेवीलाई गाउँकै दुई युवकद्वारा भएको यौन दुव्र्यवहार घटनामा न्याय खोज्दाखोज्दै वैशाख २ गते उनी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । उक्त घटनाको सूक्ष्म अनुसन्धानका लागि गृहमन्त्री रमेश लेखकको निर्देशनबमोजिम वैशाख ४ गते प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएको थियो ।

जबर्जस्ती करणी भएको अढाइ महिनापछि गत फागुन २५ गते बल्ल उक्त घटनामा जबर्जस्ती करणी उद्योगको जाहेरी दर्ता भएको थियो । तर, मुद्दा दर्ता भए पनि आरोपितलाई प्रहरीले पक्राउ गरेको थिएन । आरोपित अझै फरार छन् ।

माइती पक्षद्वारा जाहेरी दिने तयारी

यस घटनामा मिलापत्र गराउन पीडकका परिवार, स्थानीय केही व्यक्ति र स्वयं प्रहरी समेत लागि परेको समाचार सार्वजनिक भएको थियो । यौन दुव्र्यवहारका आरोपित २२ वर्षीय सञ्जीवकुमार यादव, ३२ वर्षीय श्यामसुन्दर यादव र घटना गाउँमै मिलाउन खोज्ने दुवै आरोपितका बुबा, स्थानीय तथा प्रहरीविरुद्ध पनि जाहेरी दिने तयारी गरिएको मृतक आनन्दीदेवीकी आमा बिलटौनदेवी सदायले जानकारी दिनुभयो । यौन दुव्र्यवहारका दुवै आरोपितमाथि जबर्जस्ती करणी उद्योगमा प्रहरीमा मुद्दा दर्ता भइसकेको छ ।