२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंक र ग्यास विक्रेता महासंघ, नेपालबीच क्यूआर कोड प्रवद्र्धनका लागि सम्झौता सम्पन्न



अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र ग्यास विक्रेता महासंघ, नेपालबीच ग्यास विक्रेता तथा उपभोक्ताहरुलाई ग्यास खरिद तथा विक्री गर्दा क्यूआर मार्फत गरिने मोबाइल पेमेन्ट प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघ, नेपालका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना भुक्तानी साझेदारहरु “Smart Choice Technology” र Fone Pay” सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि ग्यास विक्रेता महासंघ, नेपाल सँग समन्वय गरेको हो ।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ ।

महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुनेमा विश्वस्त रहेको बताएका छन् ।

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा मुलुक बाहिर ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८६० सेवा केन्द्रबाट २८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।