२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ को नयाँ कार्यविधि: नाम एसएलसीई, परीक्षा जेठको तेस्रो हप्तादेखि



अ+ अ-

काठमाडौ । कक्षा ११ मा परीक्षाको नाम माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) रहेको छ । राष्ट्रिय परीक्षा बोर्डले तयार गरेको कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ मा सो विषय उल्लेख गरेको छ । विद्यालयबाटै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको कार्यविधिमा केही अधिकार बोर्डमा निहित गरिएको छ । बोर्डले परीक्षाको बारेमा चित्त नबुझेमा अनुसन्धान र अनुगमन गर्ने अधिकार राखेको छ । विद्यालयले दैनिक हाजिरी अभिलेख राख्नुपर्ने तथा नियमिततर्फ कम्तीमा ७० प्रतिशत हाजिरी भएका विद्यार्थीलाई मात्र विद्यालयबाट लिइने अन्तिम परीक्षामा सहभागी गराउनुपर्ने उल्लेख छ । अब कक्षा ११ को परीक्षा बोर्डले तोकेको मापदण्डअनुसार हरेक वर्षको जेठको तेस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्नुपर्नेछ ।

कार्यविधिको परिच्छेद ४ मा विद्यालयद्वारा सञ्चालन गरिने वार्षिक परीक्षा व्यवस्थापन, सञ्चालन, नतिजा प्रकाशन तथा प्रमाणीकरण समिति गठन गर्ने व्यवस्था गरेको छ । समितिमा विद्यालयरक्याम्पसको प्रधानाध्यापक प्राचार्य अध्यक्ष रहने व्यवस्था छ । सदस्यहरुमा सम्बन्धित कक्षाशिक्षक र विषयगत शिक्षकमध्येबाट प्रधानाध्यापक प्राचार्यबाट मनोनित शिक्षक सदस्य रहने व्यवस्था छ । समितिले प्रश्नपत्र निर्माण, परीक्षण र नतिजा प्रकाशन गर्नेछ । कार्यविधिमा विद्यार्थीले प्राप्त गरेको नतिजालाई गणना गरी विद्यार्थीको समग्र मूल्याङ्कन गर्नुपर्नेछ । विद्यालयले लिएको पहिलो, दोस्रो र तेस्रो परीक्षाको आधारमा मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरेको छ । प्रयोगात्मक परीक्षाको हकमा फरक विद्यालयका शिक्षकले परीक्षा लिनुपर्ने व्यवस्था गरेको छ ।

‘कार्यविधि लागू भएपछि सबै विद्यालयले आफ्नो अनुकूलताको आधारमा परीक्षा लिने बाटो खुला भएको छ’ –बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले भने । उनले कार्यविधि तयार भएपछि सोहीअनुसारको तयारी गर्न विद्यालयलाई सहज भएको बताए । बोर्डले कक्षा ११ मा छनोट गरेका विषयहरूको रजिस्ट्रेसन विवरण अद्यावधिक गर्ने, वार्षिक परीक्षाको अनुगमन तथा निरीक्षण गर्ने र गराउने, विद्यालयद्वारा निर्माण गरिएका प्रश्नपत्रहरू पाठ्यक्रमले तोकेको संरचना तथा विशिष्टीकरण तालिका अनुसार गर्न÷गराउन निर्देशन दिने अधिकार उल्लेख छ । विद्यालयद्वारा सञ्चालन हुने वार्षिक परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्रको स्तर तथा उत्तरकुञ्जिका निर्माण, उत्तरपुस्तिका परीक्षण, नतिजा तयारी तथा प्रमाणपत्र वितरणजस्ता कार्यमा एकरूपता कायम गर्न र गराउन विद्यालयलाई सहजीकरण गर्ने अधिकारसमेत बोर्डले लिएको छ ।

कार्यविधिमा विद्यार्थीलाई उपलब्ध गराउने ग्रेडसिटमा बोर्डबाट उपलब्ध गराइएको रजिस्ट्रेसन नम्बर तथा नौ अङ्कको सिम्बोल नम्बर उल्लेख गर्नुपर्नेछ । जसअनुरूप पहिलो अङ्क १, त्यसपछिको चार अङ्क विद्यालय कोड र अन्तिमका चार अङ्क क्रमशः विद्यार्थीको रजिस्ट्रेसन नम्बरअनुसारको क्रममा सिम्बोल नम्बर कायम गर्नुपर्नेछ । ग्रेड सिटको प्रतिलिपि आवश्यक परेमा विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने कार्यविधिमा लेखिएको छ । परीक्षालगत्तै परीक्षार्थीको विषयगत उत्तरपुस्तिका अलगअलग थैलामा सिलबन्दी गरी कम्तीमा एक वर्षसम्म सुरक्षित राख्नुपर्नेछ ।

सबै विद्यार्थी डी प्लस
देशका अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई डी प्लस दिने भएका छन् । बोर्डले तयार गरेको कार्यविधिमा कक्षा ११ का सबै विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गरेका विद्यार्थीको मात्र कक्षा १२ को परीक्षा आवेदन स्वीकार गर्ने उल्लेख छ ।

त्यसो भएपछि अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकमा सी ग्रेड दिने प्रायः निश्चित छ । विद्यालयबाटै ग्रेड लिस्टसहितको लब्धाङ्कपत्र उपलब्ध गराउने भएपछि विद्यालयले डी प्लसभन्दा कम ग्रेड नदिने निश्चित छ । नेपाल समाचारपत्र दैनिक