२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुँदै, अध्यक्षमा राउत



अ+ अ-

काठमाडौं । तराई मधेशमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएका नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आज एकता घोषणा हुने भएको छ । २०७९ सालमा भएको निर्वाचनबाट दुवै पार्टीले संसद्मा राम्रो उपस्थिति जनाएका हुन् ।

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच यसअघि भएको सहमति अनुसार आज दिउँसो ११ बजे एकीकरण भएको घोषणा गर्न लागिएको हो ।

पार्टी एकीकरण कार्यक्रम कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा आयोजना गरिएको छ । कार्यक्रममा पार्टीका सबै तह र संघ–संगठनलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

जनमतसँग ६ जना र नाउपासँग ४ जना प्रतिनिधि सभा सदस्य छन् ।