२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दृष्टिविहीन छात्र छात्रवासमै मृत फेला



अ+ अ-

पर्वत। पर्वत सदरमुकाम कुश्मा बजारस्थित शिवालय माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्र मृत अवस्थामा फेला परेका छन् ।

विद्यालयको दृष्टिविहीन छात्रवासमा बस्दै आएका कक्षा ११ अध्ययनरत बागलुङको काठेखोला गाउँपालिका–७ सेराका २० वर्षीय छात्र यामबहादुर कार्की आज बिहान मृत फेला परेका हुन् ।

पुरूष छात्रवासमा एक्लै रहेका उनी बिहान अबेरसम्म पनि ढोका खोलेर बाहिर ननिस्केपछि खोजी गर्ने क्रममा मृत भेटिएका हुन् । शिक्षक आन्दोलनका कारण अन्य विद्यार्थी भने घर गएका थिए ।

छात्रवासको मुख्य ढोकाको चुकुल खोलेरभित्र पस्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले जानकारी दिनुभयो । मृतकका आफन्तलाई बागलुङबाट बोलाएर छात्रबासबाट शव परीक्षणका लागि प्रदेश अस्पताल पर्वतमा लगेर राखिएको प्रहरी निरीक्षक सापकोटाको भनाइ छ । रासस