२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपहरणको अभियोगमा पर्सामा चार जना पक्राउ



अ+ अ-

पर्सा/ बारा जिल्लाको कलैया उपमहानगर १८ का सुधिर प्रसाद साहलाई अपहरण गरी बन्धक बनाई फिरौती माग गर्ने चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, अपहरणमा परेका साहलाई वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरिएको थियो ।

अपहरणमा संलग्न भएको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका मुर्लीका २३ वर्षे रिकेशकुमार गुप्ता, सोही ठाउँका २५ वर्षे राजन गुप्ता र सखुवाप्रसौनी गाउँपालिका का २४ वर्षे सिकेन्द्र साहलाई पक्राउ गरेको छ । पक्राउ परेका अर्काे एक जना नाबालक छन् ।

अभियुक्तहरुलाई जिल्ला अदालत पर्साबाट अपहरण वा शरीर बन्धक सम्बन्धी कसूरमा पाँच म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको छ ।