२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश लगानी सम्मेलनः ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह



प्रधानमन्त्री ओली-सम्बोधन विराटनगर, १८ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली कोशी प्रदेश सरकारद्वारा बिहीबार विराटनरगरमा आयोजित कोशी लगानी सम्मेलन-२०८२ लाई सम्बोधन गर्नुहुँदै।तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस
अ+ अ-

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।

कोशी प्रदेश सरकारद्वारा आयोजित ‘कोशी लगानी सम्मेलन, २०८२’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सांस्कृतिक, धार्मिक र पर्यटकीय अनेक हिसाबले नेपालमा लगानी गर्ने प्रशस्त सम्भावना र उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई आग्रह गर्नुभयो ।

“वर्तमान समयमा सडक, पुललगायत पूर्वाधार निर्माण भइसकेकाले सबै लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ । सरकारका तर्फबाट कुनै समस्या पर्न दिने छैनौँ । आवश्यक सहकार्य र समन्वय गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो ।

कोशी प्रदेश पूर्वाधार विकासका साथै सडक सञ्जालसँग जोडिएको जनाउँदै प्रधानमन्त्री ओलीले लगानी गरेर उत्पादन बजारमा पुर्‍याउने समयसम्म एसियालीस्तरको छ लेनको पूर्व(पश्चिम राजमार्ग निर्माण भइसक्ने उल्लेख गर्नुभयो । “हामी कच्चा पदार्थ पनि ल्याएर गुणस्तरीय वस्तु उत्पादनमा केन्द्रित हुनु जरुरी छ । त्यसकारण हरेक क्षेत्रमा नयाँनयाँ सम्भावनालाई हामीले पहिल्याउन सक्छौँ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले उत्पादित सामग्री कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लैजान सक्नेगरी सडक पूर्वाधार निर्माण भइसकेकाले बजारीकरण र ढुवानीमा कुने असहजता नहुने धारणा राख्नुभयो । “विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीका क्षेत्रमा कोशी प्रदेशमा प्रशस्त सम्भावना छन् । यहाँका जनता शिक्षित र मेहनती हुनुहुन्छ । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भन्नुभयो, “म युवाहरूलाई भन्न चाहान्छु, रोजगारीको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सीप विकासमा सरकारले सहयोग गर्नेछ ।” विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ‘ब्राण्डिङ’ गर्न आग्रह गर्दै उहाँले ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान गर्न, रोजगारादाता र श्रमिकबीच संवादका साथै ट्रेड युनियन अधिकारको रक्षा गर्न सरकार सदैव तत्पर रहेको पनि लगानीकर्तालाई अवगत गराउनुभयो । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गर्नुभएको थियो ।