२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल थापा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताउनुभएको छ ।

बिहीवार १ सय ३६ औं श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आवद्ध मजदुर संगठन (टुकोन) ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाउनु भयो । उहाँले उदास, हतास र निराशालाई चिर्नकै लागिपनि व्यवस्था परिवर्तन जरुरी भएको दाबी गर्नुभयो । अध्यक्ष थापाले सम्पूर्ण हिन्दुवादी एक हुनुपर्ने वर्तमानको माग भएकाले वर्षायाम शुरु हुनुअगावै गणतन्त्रविरुद्ध आन्दोलनको वातारण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राप्रपा, नेपालले विगत केही वर्षदेखि अहिलेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासनबाट देशलाई मुक्त गर्ने, सनतान हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना गर्ने र अहिलेको तीन तहको संघीय संरचनालाई परिमार्जन गरेर केन्द्र र स्थानीय तहको २ तहमात्र व्यवस्था गर्नुपर्छ भनेर आह्वान गरिराखेको छ । बेला बेलामा सडक संघर्ष पनि गरिरहेका छौं । विभिन्न दलहरु र समूहहरुले एक्ला एक्लै गरेको संघर्षबाट अहिलेको व्यवस्था परिवर्तन गर्न नसकिने भएका कारण सबै एकजुट भएर अगाडि बढौं भनेर आह्वान गर्दै प्रयास गरिरहेका छौं । अहिले राजसंस्था पुनःस्थापना गर्छु भनेर लागेका सबै दल र समूहहरुको वैशाख १५ गते नै सन्देश दिइसकेका छौं । त्यो सन्देशलाई आत्मसात गर्दै अहिलेको व्यवस्थाबाट मुक्ति चाहने सबैको एउटा साझा मोर्चा बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता छ ।’

अध्इक्ष थापाले हिन्दुराष्ट्र स्थापना र सुशासन कायम गर्न राष्ट्रवादीहरुको आन्दोलनमा उत्रिएको दाबीसमेत गर्नुभयो ।