२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रामको ‘जन्मस्थल’ नियन्त्रणमा लिएरै अनुसन्धान !



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालको ठोरी आसपासमा भएको र अयोध्यापुरी नेपालमै रहेको बताएपछि पुरातत्व विभाग विज्ञ परिचालन गरी अनुसन्धानमा जुटेको छ । तर, यस प्रकारको अनुसन्धान फितलो भएको भन्दै विज्ञहरुले सुझाव दिएका छन्– विभागले आफ्नो अधिकार प्रयोग गरी सो ठाउँलाई विशेष संरक्षित क्षेत्रका रुपमा लिएर अनुसन्धान थाल्नु आवश्यक छ ।

विभागको प्राचीन वस्तु संरक्षण ऐन, २०१३ को दफा १७ मा कुनै इलाकालाई सुरक्षित स्थान भनी नेपाल सरकारले सूचना जारी गर्ने अधिकार छ । तर विभागले सो अधिकार हालसम्म प्रयोग गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै राम नेपालमा जन्मिएको उल्लेख गरेसंँगै माडीस्थित वाल्मीकि आश्रम, रामको जन्म भएको भनिएको स्थान ठोरीवरपरका क्षेत्रमा भीड बढ्न थालेको छ । आजकल दैनिक सयभन्दा बढी श्रद्धालुको भीड लाग्न थालेपछि स्थानीय निकायले सीता गुफा प्रवेशमा रोक लगाएको छ । प्रहरीले सो क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको छ । तर विभागले आफ्नो अधिकार प्रयोग गरी सो क्षेत्र सिल गर्नसक्ने कानुनी व्यवस्थालाई हालसम्म लागू गर्न सकेको छैन ।

ऐनको दफा १७ को उपदफा १ मा पुरातात्विक वस्तुहरुको अनुसन्धानको हितका लागि ती वस्तुहरु खोज्ने खोदाइ गर्ने काममा नियन्त्रण गर्न प्रतिबन्ध लगाउनुपर्छ भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले चार किल्ला तोकी कुनै इलाकालाई सुरक्षित स्थान भनी सूचना जारी गर्न सक्छ भनी उल्लेख छ । त्यस्तै दफा २ को उपदफा १ बमोजिम कुनै इलाकालाई सुरक्षित स्थान भनी सूचना जारी गरेपछि नेपाल सरकारले त्यस स्थानका जग्गाधनी वा जग्गाबालसंँग खनाई खोदाइका निम्ति जो चाहिने बन्दोबस्त मिलाई पर्ने घरजग्गाको मनासिव माफिकको क्षतिपूर्ति गर्नेछ भनिएको छ ।

नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) निरजबहादुर शाहीले जिल्लास्थित प्रहरी कार्यालयले आफ्नो मातहतमा पर्ने क्षेत्र र स्थानको सुरक्षा दिइरहेको बताए । उनले भने– ‘सरकारले सो क्षेत्रमा विशेष सुरक्षा उपलब्ध गराउने विषयमा गृह मन्त्रालयलाई पत्र आएपछि मात्र विशेष सुरक्षा दिइनेछ ।’ उनले अहिले आवश्यकताअनुसार सुरक्षाको प्रबन्ध गरिरहेको स्पष्ट पारे । ‘प्रधानमन्त्रीले बोलेका विषयको आधारमा विभागले गोप्य रुपमा अनुसन्धान थालेको छ’ –विभागका एक अधिकारीले भने । प्रधानमन्त्री ओलीले गएको असार २९ गते भानु जयन्तीको दिन भगवान् राम नेपालमा जन्मेका र अयोध्यापुरी नेपालमै रहेको दाबी गर्नुभएको थियो । ती अधिकारीका अनुसार ठोस सामग्री नभेटिएसम्म सबै विवरण गोप्य राखिनेछ ।

प्रम ओलीले श्रीराम नेपालमा जन्मिएको अभिव्यक्ति दिएपछि छिमेकी मुलुक भारतले कडा विरोध जनाएको थियो । सत्ताधारी दल भारतीय जनता पार्टीले उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गरेको थियो । बीबीसीलगायतका सञ्चारमाध्यमले महत्वका साथ समाचार बनाएका थिए । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायत सबै दलले प्रम ओलीको अभिव्यक्तिको चर्को आलोचना गरेका थिए । परराष्ट्र मन्त्रालयले भारतलाई एक टिपोट पठाएर ओलीको धारणा गैरराजनीतिक भएको उल्लेख गरेको थियो ।

यता, प्रमको बोलीमा साँचो लुकेको दाबी गर्दै विभागले गोप्य अनुसन्धान थालेको छ । विभागका महानिर्देशक दामोदर गौतमले सो विषयमा अनुसन्धान भइरहेको बताउँदै भने– ‘कहिले के नतिजा आउँछ भन्ने विषयमा अनुसन्धानमा भर पर्नेछ ।’ महानिर्देशक गौतमले अहिले अनुसन्धान भइरहेको छ भन्ने विषय मात्र उल्लेख गर्नुस्, अन्य बारेमा जानकारी लिन केही समय कुर्नुस् भने। नेपाल समाचारपत्र दैनिक