१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेता राजेश हमालका भाइको मृत्यु



अ+ अ-

काठमाडौं । अभिनेता राजेश हमालका भाइको मृत्यु भएको छ । उनका एक मात्र भाइ राकेश हमालको निधन भएको हो ।

कलेजोको समस्याका कारण केही दिनअघि नयाँदिल्ली पुर्याइएका राकेशको नयाँदिल्लीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममै निधन हमालको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पती र राकेशको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएको जनाइएको छ ।

उनीहरुका तीन दिदीबहिनी छन् । काठमाडौंमै रहेका अभिनेता राजेश हमाल भाइको शव दिल्लीबाट नेपाल ल्याउने काममा लागिरहेको जनाइएको छ ।