१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन खुलेको पहिलो दिनमै उपत्यकाका सडकमा यसरी बढ्यो सवारी चाप, हेरौ यी तस्विरहरु



अ+ अ-

काठमाडौं । २०७६ चैत ११ गतेदेखि लागू भएको बन्दाबन्दी बुधबारबाट औपचारिक रुपमा अन्त्य भएपछि काठमाडौं उपत्यकाका सडकमा सवारी चाप बढेको छ ।  

एक सय २० दिन लामो लकडाउन अन्त्य गर्दै सरकारले अधिकांश क्षेत्रलाई खोलेको छ । सवारी साधन सञ्चालनमा लागू भएको जोर विजोर प्रणाली पनि हटेको छ । त्यसैले काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी चाप बढेको छ । 

यस्तै कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्द गरिएका अधिकांश क्षेत्रलाई सरकारले खोलेको छ । यद्यपि केही क्षेहरुमा भने प्रतिबन्ध कायम नै छ । अधिकांश क्षेत्र खुलेपछि जनजीवन समान्य रुपमा फर्कन थालेको छ । मानिसहरुको आवागमन बढेपछि काठमाडौं उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढेको हो । 

सडकमा निजी तथा सार्वजनिक सवारी सधानहरु बाक्लो संख्यामा देखिएका छन् । मुख्य मुख्य चोकमा ट्राफिक जाम देखिएको छ ।  सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएको देखिन्छ भने सडकमा यात्रा गर्ने यात्रुले पनि सतर्कता अपनाएका छन् । सरकारले अन्तरजिल्ला सार्वजनिक सवारी साधन सञ्चालन भने भदौ १ गते सम्म बन्द गरेको छ । जनजीवन समान्य बनाउन लकडाउन खोले पनि संक्रमणको जोखि कायम नै रहकोले सतर्क रहन सरकारले आग्रह गरेको छ ।