१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक विदेशी नागरिकको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक एक विदेशी नागरिकको मृत्यु भएको छ । काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत् एक चिनियाँ नागरिकको कोरोना  मृत्यु भएको हो । 

अस्पतालका निर्देशक डा. रोहित पौडेलका अनुसार मंगलबार साँझ अस्पतालमा भर्ना भएकी ५८ वर्षीया चिनियाँ महिलाको कोरोना संक्रमणबाट बुधबार बिहान मृत्यु भएको बताए । 

'उहाँ हिजो बेलुका अस्पताल भर्ना हुनुभएको थियो। आज बिहान उहाँको मृत्यु भयो,' उनले भने।

ग्रान्डी अस्पतालमै हुँदा मृतक महिलामा संक्रमण पुष्टि भएको थियो। उनलाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो।मृतक महिलाको शव अहिले अस्पतालमै राखिएको छ।

नेपालमा कोरोना संक्रमणबाट विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो।