१८ असार २०८३, बिहीबार
,
Latest
रूपन्देहीमा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण अभियान सुरु नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ चितवनमा दुई लाखभन्दा बढी बाख्रालाई पिपीआर खोप सहकारी विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा २ प्रतिशत घट्यो, आजदेखि लागू दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन्
तपाईं के खोज्दै हुनुहुन्छ ?

यात्रुबाहक सवारी साधनको ठगी धन्दा



अ+ अ-

सर्लाही । जिल्लाका टाटासुमोले लकडाउन खुकुलो बनाइएको मौकामा तेब्बर बढी भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । जिल्लाको लालबन्दीलगायत पूर्वपश्चिम लोकमार्गका केही ठाउँबाट चर्को भाडा लिएर टाटासुमो तथा ठूला यात्रुबसले यात्रुलाई काठमाडौँ, पोखरा लाने÷ल्याउने गर्न थालेका हुन् । टाटासुमोले यात्रुसँग रु दुई हजार ५०० देखि तीन हजारसम्म भाडा लिइरहेको पाइएको हो भने बसले पनि सोहीअनुसार भाडा असुलिरहेका छन् । अरुबेला टाटासुमोले लालबन्दीबाट काठमाडौँसम्मको भाडा रु एक हजार लिने गरेका थिए भने बसले ६रु ५० लिने गरेका थिए ।

बिरामी बोकेको जस्तो गरी टाटासुमोले हाकाहाकी यात्रु ठग्ने काम गरिरहेको एक स्थानीयवासीले गुनासो गरेका छन् । अत्यावश्यक काम परेका नागरिक तेब्बर बढी भाडा तिरेरै भए पनि काठमाडौँ, पोखरा गइरहेका छन् तर स्थानीय प्रशासनले भने टाटासुमोलाई त्यसरी यात्रु ओसार्न सवारी पास नदिएको जनाएको छ । “टाटासुमोले यात्रु ओसारपसार गरिरहेकोबारे मलाई जानकारी छैन, कसैले त्यसो गरिरहेको भए अवैध हुनेछ”, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने ।

यात्रु ओसारपसार गर्ने प्रयोजनका लागि अहिले पास दिनै नमिल्नेसमेत प्रमुख जिल्ला अधिकारी जिसीको भनाइ छ । यसैगरी जिल्लामा अहिले बाक्लै मात्रामा चल्न थालेका रिक्सा, म्याजिकजस्ता साना यात्रुवाहक सवारी साधनले पनि साबिकको भन्दा दोब्बर बढी भाडा लिने गरेका यात्रुहरुले गुनासो गरेका छन् । यातायात व्यावसायीले भने पास लिने क्रममा रु चार हजारदेखि सात हजारसम्म शुल्क तिर्नुपरेका कारण भाडा बढेको बताएका छन् । यसबारेमा सम्बन्धित निकाय अनुगमन तथा नियमन गर्नुको सट्टा मौन बसेको यात्रुहरुको आरोप छ ।