२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार तथा पत्रकार अर्चना झालाई ‘सीता’को उपाधिले सम्मानित



अ+ अ-

ललितपुर । ‘सीता जयन्ती’ को अवसरमा मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका एवम् पत्रकार अर्चना झालाई सीता’ उपाधिसहित सम्मान गरिएको छ ।

मिथिला संस्कृति समाजले यस वर्ष मैथिली ‘अर्चनाकृत रामायण’ की लेखिका साहित्यकार एवं राष्ट्रिय समाचार समितिका पत्रकार अर्चना झा तथा काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश मोना सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री बद्रीप्रसाद पाण्डेले सम्मान गर्नुभएको मिथिला संस्कृति समाजका अध्यक्ष वीरेन्द्र ठाकुरले जानकारी दिनुभयो

मिथिला संस्कृति समाज, नेपालको आयोजनामा ‘सीता प्राकट्य दिवस समारोह २०८२’ लाई सम्बोधन गर्दै उहाँले इतिहासले सीता मातालाई आदर्श नारीका रूपमा चित्रित गरेकाले सबैमा आदरभाव हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुुभयो, “सीताप्रति हाम्रो आदरभाव त्यहीबेला सार्थक हुन्छ जब हामी मिथिलाको संस्कृति र महिमाको पुनर्जागरण गर्छौं ।” उहाँले मिथिला र बौद्ध संस्कृतिलाई जोड्न सीता–सिद्धार्थ खण्डका रूपमा हुलाकी मार्गको सम्बन्धित खण्डको विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा व्यवस्था गर्ने बताउनुभयो ।

मिथिला संस्कृति समाज नेपालका कार्यक्रम संयोजक अमितकुमार दासले हरेक वर्ष यस अवसरमा ‘सीता माता’ को महिमासम्बन्धी चर्चा परिचर्चा, विचार–मन्थन, संस्थाप्रति योगदान दिनेहरूलाई सम्मान तथा स्रष्टा सम्मान कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।