२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो-अध्यक्ष बस्नेत



अ+ अ-

काठमाडौँ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने प्रमुख दायित्व मिडियाजगत्कै रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)ले प्रकाशन गरेको फोटो पुस्तक बुझेपछि आज उहाँले सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा नकारात्मक सोच छाएकाले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने बताउनुभएको हो ।

अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धिलाई तस्बिरमार्फत जनसमक्ष ल्याउन रासस फोटो किताब महत्वपूर्ण दस्तावेज भएको भन्दै प्रशंसा गर्नुभयो ।

त्यस क्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकाशन गरिएको बताउनुभयो । “वास्तवमा यो अवधिमा धेरै काम भएका छन् तर, मिडियाको माध्यमबाट ती कामबारे अझ धेरै प्रकाशन प्रसारण गर्न सकिएको छैन । नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन”, उहाँले भन्नुभयो ।

यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरूमा तस्बिर प्रदर्शनीसमेत गरिसकेको छ । तिनै तस्बिरको सङ्ग्रहका रूपमा ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ प्रकाशन गरिएको हो । रासस