२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रमबारे अध्यक्ष दाहालः परम्परा धान्ने र औपचारिकता पूरा गर्ने खालको मात्रै



photo: rss
अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनअपेक्षा विपरित परम्परा धान्ने र औपचारिकतामै सिमित हुने खालको रहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागि हुँदै अध्यक्ष दाहालले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयवस्तुले देशको अर्थतन्त्रका सामु देखिएका जटिलता र जनस्तरमा चुलिएको असन्तोष सम्बोधन गर्न नसकेको टिप्पणी गर्नुभयो । उहाँले नीति तथा कार्यक्रमले ल्याउने क्रममा सरकारले राष्ट्रका महत्वपूर्ण पक्षहरू बिर्सिएको आरोप समेत लगाउनु भयो । उहाँले दुई तिहाईको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैंभित्रबाट एक्लिए अध्यक्ष दाहालको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘दुई तिहाईको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार अहिले आफैंभित्रबाट एक्लिएको अवस्थामा नीति तथा कार्यक्रम पनि परम्परा धान्न र औपचारिकता पुरा गर्न मात्र आएको देखिन्छ । यसले अर्थतन्त्रका सामु देखिएका जटिलता, जनस्तरमा चुलिएको असन्तोषलाई सम्बोधन गर्न सकेको छैन । नीति तथा कार्यक्रमले राष्ट्रको महत्वका महत्वपूर्ण पक्षहरुलाई बिर्सिएको छ । नीतिगत मार्ग निर्देशनका रुपमा नीति तथा कार्यक्रमको सुरुवातमा उल्लेख भएका क देखि ट सम्मका विषयहरुमा अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका कृषि, पर्यटन, जलस्रोत वन जस्ता क्षेत्रहरु तथा सामाजिक न्यायका मुद्दाहरु प्राथमिकतामा पर्न सकेका छैनन् ।’

उहाँले सरकारको नीति तथा कार्यक्रमले सरकारको सोच र राष्ट्रको दिशा निर्देश गर्ने बताउनु भयो ।