१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार अभियुक्तहरु बन्दाबन्दीमा धमाधम पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

झापा । अपराध गरी लामो अवधिदेखि फरार रहेका अभियुक्तहरु बन्दाबन्दीका बेला धमाधम पक्राउ पर्न थालेका छन् । सरकारी छाप दस्तखत कीर्ते गरेको अभियोगमा झापा जिल्ला अदालतबाट दुई वर्षअघि एक वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएका विर्तामोड–१ का २५ वर्षीय सुशील बस्नेत पक्राउ परेका छन् । प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार ई वर्गको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) मा ए र बी वर्ग थपेर बस्नेतले कीर्ते लाइसेन्स बनाएका थिए । अरु बेला अन्यत्रै लुकीछिपी बस्ने गरेका अभियुक्त बस्नेत बन्दाबन्दीका बेला आफ्नै घरमा आएका थिए । प्रहरीले विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ । अदालतले कैद भुक्तानका लागि उनलाई झापा कारागार चलान गरेको छ ।

झापा गाउँपालिका–५ का ३४ वर्षीय रुपनारायण शिवाकोटी दोस्रो विवाह गरेको अभियोगमा विसं २०७० चैत ९ गतेको फैसला बमोजिम झापा अदालतबाट एक वर्ष पाँच महिना कैद र रु १५ हजार जरिवाना तोकिएका अभियुक्त हुन् । विवाह गरी फरार रहेका शिवाकोटी पनि अरु बेला अन्यत्रै भागीभागी हिँड्दै आएका थिए तर बन्दाबन्दीका बेला घर आएका उनलाई आइतबार पक्राउ गरी अदालतमा हाजिर गराइएको छ । हाल उनी कैद भुक्तानका लागि कारागार चलान भइसकेका छन् ।

नागरिकता, हत्या, बलात्कारलगायतका थुप्रै मुद्दामा कैद तोकिएका फरार अभियुक्तहरु बन्दाबन्दीमा प्रहरीले पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ । झापा जिल्लामा प्रहरीले गत एक वर्षमा ९० फरार अभियुक्त पक्राउ गरी उनीहरुबाट रु एक करोड सात लाख ७२ हजार २०० जरिवाना र जम्मा कैद ६१ वर्ष ११ महिना आठ दिन असुल गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए ।