२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाले आफै राष्ट्रिय जनावर मार्दा हामी बाँदर मार्न किन डराएको : पुर्व मन्त्री गुरुङ



अ+ अ-

काठमाडौ। खेती नष्ट गर्ने बाँदर र बदेलको उचित व्यवस्थापन गर्न सके मात्रै नेपालको कृषि प्रणालीले गति लिन सक्ने नेपाली काङ्ग्रेसका उपसभापति पुर्व मन्त्री धनराज गुरुङले बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै पुर्व मन्त्री गुरुङले अस्ट्रेलियाले राष्ट्रिय जनावर कंगारु मारेर मासु र छाला निर्यात गर्दा हामी नेपाली कृषकलाई दुख दिने बाँदर र बदेलको समेत उचित व्यवस्थापन गर्न नसकिएको प्रति ध्यानाकर्षण गराउनु भएको हो ।

प्रतिनिधिसभामा बोल्दै उहाँले भन्नुभयो “खास गरि हामीलाई दुख दिएको बाँदर र बदेल नै हो । अष्ट्रेलियाको राष्ट्रिय जनावर कंगारु हो तर यो बर्ष मात्रै पचास लाख कंगारु मारेर मासु र छाला बिदेश निर्यात गर्ने निर्णय गरेको छ र पैसा कमाउछ जुन राष्ट्रिय जनावर हो अष्ट्रेलियाको । तर नेपालमा बादर मार्न हुदैन कानुनले दिदैनौ भनेर बस्छौं ।

अष्ट्रेलियामा पनि अधिकारकर्मी होलान् बिरोध गरेकै होलान् तर अष्ट्रेलियाले यो बर्ष पचास लाख कंगारु मार्ने निर्णय गर्यो तर यहाँ भने बाँदर पनि मार्न हुन्न,बँदेल पनि मार्न हुन्न भन्दै बस्दा कृषि क्षेत्र नस्ट भएको भएइ छ ।” अब बाँदर र बदेललाई ठिक ढंगले नियन्त्रण गर्नुपर्ने बेला आएको उहाँको धारणा थियो ।




भर्खरै