१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुशीको खबर ! बेलायत र चीनमा बन्यो कोरोनाको खोप



अ+ अ-

काठमााडौँ । महामारीका रूपमा विश्वभर फैलिएकाे कोरोना भाइरसविरुद्ध बेलायतकाे अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप निकै सुरक्षित रहेको तथा इम्युन रेस्पोन्समा काम गरेको साेमबार साँझ बिबिसीले जनाएको छ  । यो खोप ११ हजार ७७ जना व्यक्तिमा परीक्षण गरिएको थियो र दोस्रो चरणको परीक्षणमा खोपले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ ।

यद्यपी यस खाेपकाे अन्तिम परीक्षण बाँकी नै रहेकाे छ ।

बेलायतले दश कराेड डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ । यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो । यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ । 

दोस्रो चरणको क्लिनिकल ट्रायलमा सहभागीमध्ये ९० प्रतिशतलाई पहिलो डोजले नै एन्टिबडी विकास गरेको छ भने १० प्रतिशतलाई दुई डोज दिनुपरेको जनाइएको छ । सहभागीमध्ये ७० प्रतिशतलाई ज्वरो आउने तथा टाउको दुख्ने लक्षण देखिएपनि कुनै गम्भीर पार्श्वप्रभाव नभएको अनुसन्धानकर्ताले उल्लेख गरेका छन् ।

तेस्रो तथा अन्तिम चरणको ट्रायलमा बेलायतमा १० हजार व्यक्तिलाई, अमेरिकामा ३० हजार व्यक्तिलाई, दक्षिण अफ्रिकामा २ हजार व्यक्तिलाई र ब्राजिलमा ५ हजार व्यक्तिलाई समाबेश गरिने विश्वविद्यालयले बताएको छ । यो वर्षको अन्त्यसम्म स्वास्थ्यकर्मी तथा जोखिम वर्गमा रहेका व्यक्तिलाई खोप दिने तथा अर्को वर्षको मध्यसम्म ठूलो मात्रामा वितरण भएर विश्वका अधिकांश देशमा पुर्याउने उत्पादकको दावी छ  । 

यसैगरी प्राप्त अर्काे एक समाचारमा कोरोनाभाइरसको खोपको परीक्षणमा बेलायत र चीनमा विकसित भएका दुई खोपहरूले ‘रोग प्रतिरोधी क्षमता उत्पादन’ गर्न सफल भएको चिकित्सकहरूले बताएका छन् । ती खोपको परीक्षणमा सहभागी व्यक्तिहरूमा ‘प्रतिरक्षा प्रतिक्रिया उत्पादन’ गर्न सफल देखिएको बेलायत तथा चीनमा भएका परीक्षणले पुष्टि गरेको र ती खोपहरू मानव शरीरमा प्रयोग गर्न सुरक्षित रहेको चिकित्सकहरूले बताएका हुन् । 

मानवको लागि सुरक्षित साबित भएका ती दुबै खोपको छुट्टै क्लिनिकल परीक्षणमा संलग्न बिरामीहरुमा कडा प्रतिरक्षा प्रतिक्रिया देखाएको उनीहरूको दावी रहेको छ ।  बेलायतका एक हजारभन्दा बढी वयस्कहरूमध्येको पहिलो परीक्षणले पत्ता लगायो कि खोपले नोबेल कोरोनाभाइरसको बिरूद्ध ‘कडा एन्टीबडी र टी सेल प्रतिरक्षा प्रतिक्रिया’ देखाएको थियो ।

खोपको प्रयोगले श्वेत रक्तकोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ । जसका कारण महामारीविरूद्धको विश्वव्यापी लडाईंमा ठूलो आशा पलाएको छ । यद्यपि अनुसन्धानलाई थप ठूलो समूहमा परीक्षण जारी राखिएको र यसको रिपोर्ट आउन अझै केही समय कुर्नुपर्नेछ ।

बेलायतमा विकसित खोपको सफलतासँगै बेलायत सरकारले अक्सफाेर्डबाट १० करोड डाेज खाेप माग गरिसकेको पनि बीबीसीले उल्लेख गरेको छ । त्यस्तै चीनमा ५०० भन्दा बढी मानिसहरुमा गरिएको एक अलग परीक्षणमा पनि अत्यधिक व्यक्तिमा व्यापक रोगप्रतिरोधी प्रतिक्रिया विकसित गरेको देखिएको छ । यसबारे ‘द लान्सेट नामक मेडिकल जर्नल’ (अनुसन्धानमुलक पत्रिका) मा प्रकाशित अध्ययन प्रतिवेदनमा ती दुबै खोपहरू कोभिड–१९ विरूद्ध व्यापक प्रयोगका लागि उपयोगी, प्रभाबकारी तथा सुरक्षित देखिएको बताइएको हो ।

अनुसन्धानमा सहभागी अध्ययनका लेखकहरूले भने कि तिनीहरूले खोप उम्मेदवारहरूबाट केही प्रतिकूल (साइड इफेक्ट) को सामना गरे । उनीहरूले विशेष गरी वयस्कहरूमा अझ बढी अनुसन्धान आवश्यक रहेको बताएका छन् । बयस्कहरू, जो असान्दर्भिक रूपमा कोभिड–१९ का कारण मृत्यको जोखिममा रहन्छन, उनीहरूमाथिको थप परीक्षण आवश्यक छ ।

 अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धान प्रतिवेदनका सह–लेखक सारा गिलबर्टले नतिजाले ‘निकै आशावादी’ बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “यदि हाम्रो खोप प्रभावकारी छ भने यो आशाजनक विकल्प हो किनकि यस किसिमका खोपहरू ठूलो मात्रामा उत्पादन गर्न सकिन्छ ।”