१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोधारमा दाहाल : ओलीसँग मिलेर फकाउने कि बलियो बनेर गलाउने ?



अ+ अ-

काठमाडौँ । नेकपा भित्रको अन्तरकलह र अब कसरी अघि बढ्ने भन्ने बारेमा अध्यक्ष पुष्पकमल दाहालले साेमबार आफ्नो निवास खुमलटारमा पूर्व माओवादीका नेताहरुलाई जम्मा पारेर छलफल गर्नुभएको छ । केही दिनदेखि निकै दबाबमा रहनुभएका प्रचण्डको अभिव्यक्तिले अर्का अध्यक्ष केपी ओली तथा नेता माधव कुमार नेपाल दुवै पक्षबीच शंका पैदा गरेपछि अन्याैललाई चिर्न भन्दै छलफलका लागि स्थायी समितिमा रहेका पूर्व माओवादीका नेताहरुलाई बोलाउनु भएको थियो । 

छलफलमा विभिन्न व्यक्तिगत कारण देखाउँदै १८ सदस्यमध्ये  प्रभावशाली सदस्य  तथा गृहमन्त्री रामबहादुर थापा, जनार्दन शर्मा र लेखराज भट्ट उपस्थित हुनु भएन । अन्य सदस्यहरुले पनि बाहिर पदका लागि नेताहरुले रमिता देखाएकाे भन्दै आलोचना भएका कारण स्थायी समितिको बैठकलाई नियमित विषयमा प्रवेश गराएर निकास दिनुपर्ने सुझाव दिएका थिए ।  

उनीहरु अध्यक्ष ओलीसँग एकता, संघर्षलाई सँगै बढाउन सुझाव दिँदै पार्टी फुटेमा त्यसको दोष आउनेतर्फ अध्यक्ष दाहाललाई सचेत गराएका थिए । दाहालले पनि ओली आफ्नो अडानमा कायम रहेका कारण मिल्नुको विकल्प नदेखिएको भन्दै अब यो मुद्दालाई थाँती राख्ने मनस्थितिमा रहनु भएको एक नेताले जानकारी दिए। 

पूर्व माओवादी खेमाका सदस्यलाई मात्र छलफलमा बोलाउँदा गलत सन्देश जाने भन्दै उनीहरुले यस्तो अवस्थामा पूर्व एमालेहरु पनि एक हुने अवस्था आउने र परिस्थिति झन बिग्रनेतर्फ पनि सचेत गराएका थिए । दाहालले भने यसरी पूर्वमाओवादी भनेर बस्न त नहुने हो, तर अहिलेको परिस्थिति अलि जटिल भएकाले रायसल्लाह लिन बोलाएको भन्दै स्पष्ट पार्नुभएको थियो ।

तर साेमबारको उक्त भेलाले पनि खासै ठोस निकास दिन सकेन तर पनि ओलीलाई फकाउने कि गलाउने हो एक गरिहाल्नुपर्यो भनेर प्रचण्डलाई सुझाव दिएको छ । यसका लागि पनि आगामी दिनमा उही ओली-प्रचण्डका बैठककै शृंखलाहरु दोहोरिने नै हुन् । त्यति गर्दा पनि निकास निस्किएन भने ओली प्रचण्डसँग मिल्नुको विकल्प देखिँदैन र यदि मिले भने पनि त्यसले वरिष्ठ नेता माधव नेपाललाई समस्या बनाउने छ । नेपालले अहिले ओली प्रचण्ड मिलेर आफूलाई बाइपास गर्ने हुन् कि भन्ने समस्यामा देखिन्छन् ।