१८ असार २०८३, बिहीबार
,
Latest
सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित कोशी प्रदेशसभाको बैठक लगातार तीन दिन स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग खेल्ने लेस्टरकाे सपनामा टाेटेनह्याम बाधक



अ+ अ-

इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार भएकाे खेलमा टोटनह्यामले लेस्टर सिटीलाई ३–० ले पराजित गरेकाे छ । याे जितसँगै टाेटेनह्यामले युरोपा लिग खेल्ने सम्भावना बढाएको छ । तर हारले लेस्टरको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावनामा भने धक्का पुगेको छ ।

हारका बाबजुद लेस्टर ६२ अंकका साथ लिगकाे चौथो स्थानमा छ । म्यानचेस्टर युनाइटेडकाे पनि समान अंक छ । लेस्टरको लिगको अन्तिम खेल म्यानचेस्टरविरुद्ध नै रहेको छ ।

जेम्स जस्टिनको आत्मघाती गोलले अग्रता लिएको टोटनह्यामका लागि ह्यारी केनले थप दुई गोल गरेका थिए ।

अर्को खेलमा साउथह्याम्पटनले बर्नमाउथलाई २–० ले हरायो । यो नतिजापछि बर्नमाउथ रेलिगेसनमा पर्ने निश्चित जस्तै भएको छ । उसको ३१ अंक छ र पुछारबाट दोस्रो स्थानमा छ ।