२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ, ४० लाख ३२ हजार बरामद



अ+ अ-

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न पक्राउ परेका दुई जनालाई आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२३ ओमबहाल बस्ने भारत कोलकाताका सुरज दत्त र चन्द्रागिरि नगरपालिका–१५ तिनथाना बस्नेरूपन्देही देवदह नगरपालिका घर भएका धर्मप्रसाद ढकाल छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौं–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भूइँ तलाबाट पक्राउ गरेको हो । उनीहरुका साथबाट ४० लाख ३२ हजार ५ सय रूपैयाँ र चेक २१ थान बरामद भएको छ ।

हुण्डी कारोबारमा संलग्न उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।