१८ असार २०८३, बिहीबार
,
Latest
दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ सरकारको दाबी : फिफाको एन्फा निलम्बन अहिलेको हस्तक्षेपका कारण मात्रै होइन जनताको करबाट सहकारी बचत फिर्ता गर्न नहुने : सांसद पार्वती विक कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान मन्त्रालयमा सल्लाहकार नियुक्तिबारे सरकारः पाँचमध्ये एक जना मात्र वैतनिक सल्लाहकार हुन् ट्राफिक नियमको पूर्णपालना गर्न मुख्यमन्त्री शाहको आग्रह पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस्ः पद्मा अर्याल यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू शिक्षा नियमावलीको १०औँ संशोधन स्वीकृत प्रतिपक्षको अवरोधका कारण मधेस प्रदेशसभाको बैठक स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेभन्दा संक्रमित धेरै



अ+ अ-

काठमाडौं । आइतबार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ४१ वटा पीसीआर परीक्षणमा १ सय ५६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । अहिलेसम्म प्रदेश नम्बर १ मा  ८ सय ३०, प्रदेश नम्बर २ मा ४ हजार ५ सय ५१, बागमती प्रदेशमा ८ सय ५६ र गण्डकी प्रदेशमा १ हजार ३ सय ८१ जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ७२, कर्णाली प्रदेशमा १ हजार ८ सय १४ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५४ जनामा संक्रमण देखिएको छ । अहिले देशका विभिन्न आइसोलेसनमा ५ हजार ९ सय २३ जना संक्रमित उपचाररत रहेका छन् ।

आइतबार ५८ सहित अहिलेसम्म ११ हजार ६ सय ९५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन । अहिले देशभरीका क्वारेन्टिनमा २२ हजार ६ सय ६१ जना रहेका छन् । नेपालमा आइतबारसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।