१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा र प्रदेशसभाका सामाजिक समितिहरुले हिंसा रोकथामका लागि सहकार्य गर्ने



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति र प्रदेशसभाका सामाजिक समितिहरुले हिंसा रोकथामका लागि सहकार्य गर्ने भएका छन् । 

सामाजिक र सांस्कृति कुरितीहरुका कारण महिलामाथि हुने हिंसा बढिरहेको अवस्थामा समितिहरुले सहकार्य गरेर काम गर्ने भएका हुन् । आइतबार महिला शान्ति र सुरक्षाका विषयमा भएको भर्चुअल छलफलमा सभ्य समाजका लागि भौतिक पूर्वाधार विकास र सामाजिक क्षेत्रको विकासमा समेत साझा धारणा बनाएर अगाडी बढ्ने निर्णय भएको छ । समिति सभापति निरुदेवी पालले हिंसा रोकथाम गरी समाजलाई गतिशिल बनाउन साझा धारणा विकास गर्न र सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो ।

समितिले शान्ति र सुरक्षाका विषय मापन गर्न कठिन भएपनि उल्लेखित विषयमा विकास भएका सूचकहरुको प्रयाग गरी विद्यमान अवस्थामा मापन गर्न महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ । त्यसको परिणाम लिखित रुपमा समितिमा पेश गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले आइतबार भर्चुअल छलफल मार्फत महिला शान्ति सुरक्षाका विषयमा प्रदेशसभाका सामजिक समिति आवद्ध सभापति र सांसदहरुसँग अनुभव आदान प्रदान गरेको थियो ।