२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा सिवाकोटीको नयाँ फिल्म ‘महाराजधिराज’ दशैंमा रिलिज हुने तयारी



अ+ अ-

काठमाडौं। अभिनेत्री वर्षा सिवाकोटीको फिल्म क्षेत्रमा ब्यस्तता लगातार बढ्दै गएको छ। ‘छक्कापञ्जा ५’ पछि उनले ठूलो सफलता हासिल गरिसकेकी वर्षाले हालै ‘झिल्को’ र ‘माग्ने राजा’का परियोजनाहरूमा काम समाप्त गरिसकेकी छन्।

उनले नयाँ फिल्म ‘महाराजधिराज’ साइन गरेकी छन्। जसको निर्देशन परिच्छेद सेनले गर्नेछन्। वर्षा फिल्मको विषय र टीमसँगको तालमेलले उत्साहित छन्। यो फिल्म दशैंमा रिलिज हुने तयारी छ र यदि सफल भयो भने, वर्षाको दशैं ह्याट्रिक हुने सम्भावना छ। फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट र निर्माणमा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का जस्ता निर्माता संलग्न छन्।

यो फिल्मको बारेमा चर्चा गर्दा वर्षा निकै उत्साहित र आशावादी देखिन्छिन्। फिल्मको विषयवस्तु र निर्देशन, साथै यो प्रोजेक्टमा संलग्न कलाकारहरूको कामप्रतिको गम्भीरता र प्रतिबद्धता वर्षालाई काम गर्न उत्साहित बनाएको छ।