१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलविरुद्ध तेस्रो पटक म्याद थप, थप ६ दिन हिरासतमा राख्न अनुमति शुद्धिकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक पारित राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ ‘सिग्नेचर व्रिज’ निर्माण अन्तिम चरणमा कर्णाली नदीमा गाडी खस्यो, उद्धार कार्य जारी मन्त्री चौधरी थाइल्याण्डमा बसोबास गर्ने नेपालीबीच छलफल नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका वरिष्ठ नेता पौडेलको आग्रह : देउवा, पौडेलको पछि नलाग्नुस्, सिंगो पार्टीका पछि लाग्नुहोस्



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्तालाई कसैको गुटमा नलाग्न आह्वान गरेका छन् । नेता पौडेलले १४ औं महाधिवेशनमा देउवा वा पौडेल भन्दै कसैको पक्षमा नटासिन कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले व्यक्तिका पछाडिभन्दा पनि लोकतान्त्रिक गणतन्त्र र सिंगो पार्टीका पछि लाग्न आग्रह गर्दै व्यक्ति हेरेर पार्टी सभापति शेरबहादुर देउवा वा आफ्नो पक्षमा नलाग्न कार्यकर्तालाई आग्रह गरेका हुन्।

उनले १४ औं महाधिवेशनमा लोकतान्त्रिक अभ्यास गर्न पनि आग्रह गरे। ‘जनतामा कांग्रेसप्रति नराम्रो सन्देश गएको छ। यो बिडम्बना हो,’ उनले भने, ‘कांग्रेसले संविधान ल्याउने। लोकतान्त्रिक गणतन्त्र ल्याउने पार्टीले नै चुनाव हारेर राम्रो गरेन। गणतन्त्र र संविधान कार्यान्वयनका बेला कम्युनिष्टको हातमा गयो यो बिडम्बना हो।’