२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तान द्वन्द्व : भारतका ३२ विमानस्थल ५ दिनका लागि बन्द



अ+ अ-

काठमाडौं । भारत–पाकिस्तानबीच तनाव बढेपछि भारतका ३२ वटा विमानस्थल ५ दिनका लागि बन्द गरिएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले देशका उत्तर र पश्चिम भागमा पर्ने ३२ विमानस्थलबाट हुने उडानमा प्रतिबन्ध लगाएको हो ।

महानिर्देशनालयले यो प्रतिबन्ध १५ मे बिहान ५:२९ सम्म लागु हुने जनाएको छ । नागरिक उडान प्रतिबन्धित विमानस्थलहरूमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तीपुरा, बठिण्डा, भुज, बिकानेर, चण्डीगढ, हलवारा, हिंडन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, काण्डला, काँगडा (गग्गल), केशोद, किशनगढ, कुल्लू मनाली (भुन्तर), लेह, लुधियाना, मुन्द्रा, नालिया, पठानकोट, पटियाला, पोरबन्दर, राजकोट (हीरासर), सरसावा, शिमला, श्रीनगर, थोईस र उत्तरलाई हुन् ।

एयर इण्डियाले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीका अनुसार सरकारी निर्देशन अनुसार जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ़, भुज, जामनगर र राजकोटका लागि हुने उडानहरू १५ मे बिहान ५:२९ बजेसम्म रद्द गरिएका छन् ।