२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनलाई रोजगारी सृजनासँग जोड्नुपर्छः वनमन्त्री शाही



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वनलाई स्थानीयस्तरमा रोजगारी सृजनासँग जोड्नुपर्ने बताउनुभएको छ । वन तथा भूसंरक्षण विभाग, रेड कार्यान्वयन केन्द्र र वन अनुसन्धान तथा संरक्षण केन्द्रले आजदेखि आयोजना गरेको दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीमा उहाँले वनलाई उत्पादनमुखी संरक्षण अभियानमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री शाहीले जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । नेपालको वन प्रणाली सफल लोकतन्त्रको उदाहरण भएको उल्लेख गर्नुहुँदै उहाँले यसलाई अझ सुदृढ बनाइने बताउनुभयो ।

सङ्घीय संरचनाअनुसार वन व्यवस्थापन र कार्यान्वयनको जिम्मेवारी प्रदेश सरकारको भएको उल्लेख गर्दै मन्त्री शाहीले तीनै तहले आफ्ना अधिकारमा क्षेत्रमा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । उहाँले नेपालमा ४५ प्रतिशतभन्दा बढी वन क्षेत्र भए पनि विदेशबाट काठ आयात भइरहेकाले नीति पुनरावलोकन गरेर समस्या समाधान गरिने बताउनुभयो । “आफ्नै आन्तरिक काठको उपयोग, वन डढेलो र मानव वन्यजन्तु द्वन्द्व मुख्य चुनौतीका रूपमा रहेका छन् । वनविज्ञानको सिद्धान्तअनुसार त्यसको कार्यान्वयन गर्दै अगाडि बढ्नसपर्छ”, उहाँले भन्नुभयो ।

वन राज्यमन्त्री रूपा विकले विज्ञानमा आधारित वन व्यवस्थापनबाट पन्छिन नहुने धारणा राख्नुभयो । समुदायमा आधारित वन व्यवस्थापनले जनसहभागिता पनि बढेको उहाँले सुनाउनुभयो ।

नेपाल वन प्राविधिक सङ्घका अध्यक्ष राकेश कर्णले नेपाल वन प्राविधिक परिषद्को स्थापनाको माग गर्नुभयो । डिभिजन वन कार्यालयलाई अर्धन्यायिक निकाय भने पनि न्यायिक निरुपणका लागि जिल्ला प्रशासन कार्यालय जानुपर्ने समस्या रहेको भन्दै त्यसलाई अन्त गर्न उहाँले आग्रह गर्नुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष ठाकुर भण्डारीले वनलाई पैसासँग मात्र जोडेर हेरे वातावरण र संस्कृति दुवै नाश हुने बताउनुभयो । रेड कार्यान्वयन केन्द्रका प्रमुख (सहसचिव) नवराज पुडासैनीले सन् १९९० पछि नेपालमा वन सफल हुँदै गएको बताउनुभयो । वन संरक्षणमा तीन हजारभन्दा बढी नागरिक संस्था सक्रिय रहेको पनि उहाँले जानकारी दिनुभयो ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले सन् १९९० अघि एक दशमलव ९७ प्रतिशतले वन विनाश भइरहेकामा त्यसपछि वन वृद्धि हुँदै आएको बताउनुभयो । हाल नेपालको वनले वार्षिक १२ देखि १४ करोड घनफिट काठ उत्पादन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा बाह्य मिचाहा वनस्पतिसम्बन्धी रणनीति सार्वजनिक गरिएको थियो । जसअनुसार हाल नेपालमा २९ वटा बाह्य मिचाहा वनस्पति भित्रिएको जानकारी गराइएको थियो । रासस




भर्खरै