२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिष्ट पार्टीहरु एक ठाउँमा आउनुपर्छ : महासचिव वैद्य



अ+ अ-

दाङ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्यले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आए मात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने  बताउनुभएको छ ।

पार्टीको ४ नम्बर ब्यूरो (राप्ती)ले घोराही–१५ रतनपुरद्वारा आयोजित कार्यक्रममा महासचिव वैद्यले क्रान्तिकारी शक्तिहरु एक भएपछि मात्रै समाज रुपान्तरणको अभियान सुदृढ हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्रान्ति अझै अधुरो छ । कम्युनिष्ट आन्दोलनमा विभाजन छ । सङ्घीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने अभियान पूरा गर्न सबै कम्युनिष्ट शक्ति एकताबद्ध हुनुपर्छ ।”

कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कँडेलले केही कम्युनिष्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त भएको आरोप लगाउनुभयो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्यूरो सदस्यहरु चन्द्रहरि सुवेदी, क्रान्तिकारी महिला सङ्घकी अध्यक्ष अम्विका मुडवरीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो।  रासस