२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आज झनै सान्दर्भिक : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धले दिएका मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आज पनि झनै सान्दर्भिक रहेको बताउनुभएको छ ।

शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णलाई शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालको लुम्बिनीमा जन्मनुभएका बुद्धले मानव जीवनमा करुणा, अहिंसा र शान्तिको मार्ग देखाएको बताउनुभयो । ‘उहाँका शिक्षाहरुले हामीलाई आपसी सम्मान, सहिष्णुता र सन्तुलित जीवनशैलीका लागि प्रेरणा प्रदान गर्दछन् । बुद्धले दिनुभएको मध्यममार्ग, करुणा र अहिंसाको सन्देश आजको विश्वमा झनै सान्दर्भिक बनिरहेको छ,’ भण्डारीको शुभकामना सन्देशमा भनिएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो जीवन र कर्ममा शान्ति, सहिष्णुता र दयाको भावना अँगाल्दै हामी सबैले समतामूलक, न्यायपूर्ण र सम्भव समाज निर्माणतर्फ अग्रसर हुन सकौं भन्ने शुभेच्छासमेत व्यक्त गर्नुभएको छ ।




भर्खरै