२४ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ  । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका शिक्षाहरुलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुने बताउनुभएको छ ।

२६६९ औँ बुद्धजयन्तीका अवसरमा आज स्वयभ्मूस्थित आनन्दकुटी विहारमा आयोजित सार्वजनिक बौद्धसभामा प्रधानमन्त्री ओलीले आफूले पहिला प्रधानमन्त्री हुँदा लुम्बिनीमा ध्यान केन्द्र नरहेको देखेर आठ हजार जनासम्मको क्षमताको अन्तर्राष्ट्रिय ध्यान केन्द्र स्थापना गरेको स्पष्ट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले लुम्बिनीको गुरुयोजना कार्यान्वयनलाई पूरा गराउन सरकारले ध्यान दिएको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बुद्धको जन्मका आधारममा २६४९ जन्मजयन्ती नै यथार्थ भएको र उहाँको जन्मको ८० वर्षपछि आजकै तिथिमा बुद्धत्व प्राप्ति र महापरिनिर्माण भएकाले यो दिन एक असाधारण दिन भएको स्मरण गर्नुभयो ।

“बुद्धका शिक्षाहरु सरल र स्पष्ट छन् । विश्वमा शान्ति छाउनुपर्छ । हरेक ठाउँमा शान्ति छाउनुपर्छ । बुद्धका शिक्षाहरु शान्ति, सत्मार्ग, मित्रता, सहिष्णुता, मित्रता, अशल बानी आदि बुद्धका मुख्य शिक्षाप्रति अब हामी केन्द्रित भएर जानुपर्छ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्धका महायान, थेरवाद र बज्रयानका ज्ञानलाई फैलाउने र बुझ्ने सवालमा केही फरक भए पििन बुद्धका मुख्य उपदेशहरुमा भिन्नता छैन । बुद्धका ज्ञानहरु विस्तारका क्रममा त्रिपिटक ९विनयपिटक, सूत्रपिटक र धम्मपिटक०मा बाँढियो । पटना म्युजियममा भिक्षु आनन्दद्वारा लिखित त्रिपिटकका भोजपत्रका ठेलीहरु अहिले पनि सुरक्षित छन् । हामीले लुम्बिनीको संरक्षण र बुद्धका ज्ञानलाई विस्तारका कामहरु गर्दै जानुपर्नेछ ।”

प्रथम महिला राधिका शाक्यसमेत सहभागी कार्यक्रममा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, नेपालका लागि म्यान्मारका राजदूत र नेपालका लागि भारतीय दूतावासका प्रतिनिधिलगायतले बुद्धजयन्तीका अवसरमा शुभकामना दिनुभएको थियो ।

बुद्धजयन्तीका अवसरमा यसअघि प्रधानमन्त्री ओली आज बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई काडमाडौँ फर्कनुभएको थियो ।