२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु



अ+ अ-

ढाका। आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।

ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।

ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन् । बङ्गलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो ।

यस वर्षको अप्रिल २४ मा पनि दुई घण्टाभित्र नौ जनाको चट्याङका कारण मृत्यु भएको थियो । विगत केही वर्षयता बङ्गलादेशमा चट्याङ लागेर हुने मृत्युको सङ्ख्या तीव्र रूपमा बढ्दै गएको छ । विज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण बङ्गलादेश यस्ता प्राकृतिक विपत्तिहरूको लागि अझ बढी संवेदनशील बनेको छ । (रासस/सिन्ह्वा) :