२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासले अपहरण गरी १९ महिनादेखि बन्धक बनाइएका अलेक्जेन्डर रिहा



Photo : BBC
अ+ अ-

काठमाडौं । गाजाको हमासले अपहरण गरेर १९ महिनादेखि बन्धन बनाइएका इजरायली–अमेरिकी नागरिक एडन अलेक्जेन्डर रिहा भएका छन् । हमास समूहले उनलाई गएराति रिहा गरेको हो । त्यसलगत्तै उनको परिवारसँग मिलन भएको छ ।

गाजामा इजरायली सेनामा आबद्ध २१ वर्षीय उनलाई ७ अक्टोबर २०२३ मा इजरायली सेनाले अपहरण गरेको थियो ।

इजरायलले बन्दी हस्तान्तरण कार्य सहज होस् भन्नका खातिर अस्थायी रूपमा गाजामा आक्रमण रोकेको थियो ।

हमासका शीर्ष अधिकारीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यपूर्व भ्रमण अघि नै गरिएको यो रिहाइ नयाँ चरणको युद्ध विरामको बाटो तयार गर्न महत्वपूर्ण साबित हुने बताएका छन् । ट्रम्प मङ्गलबार मध्यपूर्व पुग्ने छन् ।

अलेक्जेन्डर हमासको साथमा रहेका अन्तिम जीवित अमेरिकी बन्दी भएको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अलेक्जेन्डरको परिवारलाई बधाई समेत दिएका छन् ।

अलेक्जेन्डरको परिवारले ट्रम्पलाई धन्यवाद दिँदै बन्दी रहेका अन्य ५८ जनाको रिहाइका लागि इजरायल र अन्य मध्यस्थ देशहरूलाई अनुरोध गरेको छ ।