२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्न एमाले सांसद महतोको माग



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद महतोले यस्तो बताउनुभएको हो । उहाँले सीता–राम विवाहस्थलको धार्मिक पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटन केन्द्र बनाउने स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको आवश्यकता औंल्याउनु भयो ।

उहाँले जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’को रुपमा विकास गर्न आवश्यकबजेट विनियोन गर्न समेत सरकारसँग माग गर्नुभयो । विश्वभरका हिन्दुधर्मावलम्बीहरुको आस्था र श्रदाको केन्द्र जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटनस्तरको विकास गर्नुपर्ने उहाँको माग छ ।

उहाँले भन्नुभयो, ‘जनकपुरधामलाई ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्वअनुसार अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रुपमा विकास गर्न अब निर्णायक कदम चाल्न आवश्यक छ । सिता–राम विवाहस्थलका रुपमा यसको पहिचानलाई प्रवद्र्धन गर्दै जनकपुरधामलाई ‘डेस्टिनेसनल वेडिङ हब’ तथा धार्मिक पयर्टन केन्द्र बनाउन स्पष्ट योजना, प्रभावकारी व्यवस्थापन र समुचित बजेटको व्यवस्था गर्न सरकारसँग अनुरोध गर्न चाहन्छु ।’

सांसद महतोले आन्तरिक रोजगारी प्रवद्र्धन गर्न बन्द रहेका उद्योग र कलकारखानाहरु सञ्चालन गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।