२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईविरुद्ध मुद्दा दायर



अ+ अ-

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आारेपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

सांसद राईविरुद्ध ३७ लाख ३५ हजार ८४३ रुपैँया बिगो मागदाबीसहित पुरक अभियोजनमार्फत् मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत मुछिएको स्वर्णलक्ष्मी सहकारी संस्थाको करिब सवा अर्ब रुपैयाँ बचत ठगी प्रकरणमा सांसद राई संलग्न भएको आरोप लागेको हो । यही वैशाख १३ गते काठमाडौंबाटै पक्राउ परेकी राईविरुद्ध जिल्ला जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो ।

भोजपुर घर भएकी सांसद राईविरुद्ध सरकारी वकिलले सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा चलाएको हो ।

अब यस मुद्दामा उनलाई अदालतमा उपस्थित गराएर बुधबारदेखि थुनछेक बहस थालिने भएको छ । राईलाई मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराइएको छ । तर मंगलबार जिल्ला प्रहरी परिसरको हिरासतमै पठाएर बुधबारदेखि मुद्दाको थुनछेक बहस गरिने भएको छ ।

राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिकी तत्कालीन सहसचिव हुन् । रविलाई मुद्दा चलाउँदा राईलाई उन्मुक्ति दिइएको भन्दै सरकारको आलोचना भएको थियो । आलोचना थेग्न नसकेपछि कांग्रेस सांसद राईलाई पक्राउ गरिएको थियो । यसअघि राईसहित पाँचजनालाई उन्मुक्ति दिएर रविसहित ३९ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । राईसहितले ६ सय ९० जना बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको लागेको छ ।